पुर्खाले बेच्थे, अहिले आयात किन ?

राजन उपाध्याय
दुलेगौंडा
शुक्लागण्डकी ८ का २ स्थानमा रोपाइँ महोत्सव भएको छ । राष्ट्रिय धान दिवसका अवसरमा आयोजित महोत्सवमा बोल्ने वक्ताले धान उत्पादनमा वृद्धि गर्दै आयात घटाउनुपर्नेमा जोड दिए । उनीहरुले उर्वर भूमि क्रंक्रिटमा रुपान्तरण हुँदै गएको चिन्ता व्यक्त गरे ।
ढोरफिर्दी टोल विकास संस्थाले फिर्दीमा आयोजना गरेको ढोरफिर्दी रोपाई महोत्सवमा बोल्दै प्रतिनिधि सभा सदस्य केदार सिग्देलले सरकारले उत्पादनमा वृद्धि नगरी समृद्धि हासिल नहुने बताए । सांसद सिग्देलले ५ दशकअघि अन्न बेचेर खाने नेपालले अहिले १ खर्ब ४० अर्बको आयात गर्ने बताए । ‘हाम्रा अग्रजले खेती गरी अनाज बेचेर आम्दानी गर्थे,’ उनले भने, खेतबारी यिनै हुन, फाँट यिनै हुन् । तर अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था विडम्बना हो ।’
उनले नेपालमा करिब ५० लाख क्विन्टल धान आवश्यक रहेकोमा हाल करिव ४० लाख क्विन्टलमात्र उत्पादन हुने बताए । नेकपा नेता श्रीप्रसाद श्रेष्ठले सरकारले स्वदेशमै केही गर्न चाहने व्यक्तिलाई विभिन्न अवसर दिएको बताए । उपमेयर सविता रसाइलीले स्थानीय तहले उत्पादनमा वृद्धि गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले उर्वर भूमि जोगाउनै चुनौती भएको सुनाए । स्थानीय शिव शंकर बानियाले उत्पादन घट्दै जानुमा अव्यस्थित प्लटिङ र जथाभावी भवन निर्माण मुख्य कारण भएको उल्लेख गरे ।
महोत्सवमा भएको ३० वर्ष मुनिका पुरुषको हिलेदौडमा सुमन पुन प्रथम भए । ३० वर्षमाथिका लागि भएको प्रतियोगितामा सोमबहादुर भुजेल र ५० वर्षमाथिका लागि आयोजित दौडमा रामबहादुर बानियाँ प्रथम भए । धान दिवसकै अवसरमा मिलन कृषक समूहले लालिममा चौथो रोपाइँ महोत्सव गर्यो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले व्यवसायिक खेतीतर्फ लाग्न आग्रह गरे । आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले नगरले उत्पादन वृद्धिका लागि जमिन चक्लाबन्दी गर्ने नीति लिएको बताए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया