गणपति वित्तीय संस्थाले दियो बंगुरपालन तालिम
समाधान संवाददाता
२०८० माघ ८ गते १२:५७

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भलवारी रुपन्देहीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुका लागि व्यावसायिक बंगुर पालन तालिम सञ्चालन गरेको छ । सदस्यको क्षमता अभिवृद्धी गर्ने उदेश्यले देवदह नगरपालिका १० चरंगे रुपन्देहीमा २१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
व्यावसायिक बंगुरपालन तालिमको प्रशिक्षण जेटी, जेटीए प्रतीक भण्डारीले दिएका थिए । शाखा प्रबन्धक सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा अनुगमन कार्यालय भुमहीका अनुगमन अधिकृत मदन घिमिरेको प्रमुख आतिथ्यता थियो । कार्यक्रमको सहजीकरण संगीता पौडेल आचार्यले गरेकी थिइन् । तालिम १ दिन चलेको थियो ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया