लायन्स पोखरा बेगनास चौतारीको अभिमुखीकरण

लेखनाथ ।
लायन्स क्लबमार्फत सेवाका कार्यहरुलाई अगाडि बढाउने क्रमसँगै नयाँ क्लब लायन्स क्लब अफ पोखरा बेगनास चौतारीको प्रथम अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ बेगनास तालनगरीको अग्रसरतामा स्थापना गरिएको नयाँ क्लब लायन्स क्लब अफ पोखरा बेगनास चौतारीको अभिमुखीकरण कार्यक्रम पोखरा ३१ बेगनासतालमा सम्पन्न भएको हो ।
विभिन्न क्षेत्रमा संलग्न रहेका महिलाहरु मात्रै सदस्यता रहेको नयाँ महिला क्लब लायन्स क्लब अफ पोखरा चौतारीको अभिमुखीकरण कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एलका डिष्ट्रिक एडमेनिस्ट्रेटर कृष्ण आचार्यले लायन्सका उद्देश्य, यसबाट हुने फाइदा, यसको सदस्यता सम्बन्धी, अन्तर्राष्ट्रिय लायन्सबार, बहुजिल्ला र जिल्ला, क्लबका पदाधिकारी लगायत विविध विषयमा प्रशिक्षण दिएका थिए ।
यसै गरी कार्यक्रममा सिनियर एओजी एवं लायन्स क्लब अफ बेगनास तालनगरीका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले लायन्सको उद्देश्यबारे स्पष्ट पार्दै लायन्सबाट समाज एवं मानवीय सेवा गर्दै व्यक्तित्व विकासमा टेवा पुग्ने बताए ।
रिजन चियर पर्सन एवं लायन्स क्लब अफ बेगनास तालनगरीका पूर्व अध्यक्ष प्रभा भुजेल, जोन चियर पर्सन डा.लक्षमण तिमिल्सिनाले लायनवादको महत्वमाथि प्रकाश पारेका थिए भने लायन्स क्लब अफ पोखरा बेगनास चौतारीका संस्थापक अध्यक्ष निर्मला क्षेत्रीले लायनवादको यात्रामा अगाडि बढ्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै मदर क्लबसँगै हातेमालो गर्दैै सामाजिक एवं मानवीय सेवामा आगडि बढ्ने बताइन् ।
लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत क्लबका प्रथम उपाध्यक्ष अरुणचन्द्र सुवेदीले गरेका थिए । कार्यक्रम सञ्चालन क्लबका सचिव सपना सुवेदीले गरेकी थिइन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया