पोखरा २९ का ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० माघ ८ गते १३:०३

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ को आर्थिक सहयोग र वडा स्तरीय ज्येष्ठ नागरिक समितिको सहकार्यमा शनिबार राखिएको आँखा शिविरमा ३ सय ४ जनाले सेवा लिएका छन् ।

Advertisement


वडाभित्रका ज्येष्ठ नागरिक, अपांग र असहायहरुका लागि स्वास्थ्य परामर्शसहित रोग लाग्नभन्दा रोगै लाग्न नदिने उपायबारे जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रममा २ सय ८२ जनाको आँखा परिक्षण गर्दा एक जनाको जलविन्दु र १७ जनाको मोतियाविन्दु देखिएको थियो ।


सेवा लिएका बिरामीहरुलाई निशुल्क चश्मा तथा औषधी वितरण गरिएको थियो । जटिल प्रकृतिका बिरामीहरुलाई थप उपचारको हिमालय आँखा अस्पताल पोखरा लगिएको समितिका सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन् ।

Advertisement


यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडावासीलाई स्वास्थ्यका बारेमा कसरी निरोगी हुन सकिन्छ भन्ने उद्देश्यले ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर शिविर सञ्चालन गरेको बताएका थिए ।


ज्येष्ठ नागरिक समाज पोखरा २९ का अध्यक्ष नारायण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य क्षेत्रबहादुर गुरुङले शिविर राख्नुको मुख्य उद्देश्यबारे जानकारी गराएका थिए । शिविरमा ९० वर्षीय भोजराज भण्डारीको आँखा परीक्षण गरी कार्यक्रम सुरु गरिएको थियो । शिविरमा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग थियो ।

Advertisement

तपाईको प्रतिक्रिया