थासाङको बजेट २४ करोड ५३ लाख

समाधान संम्वाददाता, मुस्ताङ
मुस्ताङको थासाङ गाउपालिकाको ५ औ गाउसभा बैठकले आर्थिक वर्ष २०७६÷२०७७ को निती तथा कार्यक्रमसहित २४ करोड ५२ लाख ८२ हजारको अनुमानित बजेट पारित गरेको छ ।
गत असार १० गते देखि जारी गाउसभाको बैठकले आज १६ गते सोमबार नयाँ आर्थिक वर्षको सबै कार्यक्रमलाई अन्तिम रुप दिदै सार्वजनिक गरेको हो । पारित निति तथा कार्यक्रमसहित बजेटको गाउपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले ५ औं गाउसभामा वाचन गरकी थिईन् ।
उपाध्यक्ष शेरचनद्धारा प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १७ करोड ३२ लाख ६१ हजार र पुजिगततर्फ ७ करोड २० लाख ६१ हजार छ ।जसमध्ये संघीय सरकारतर्फ बिक्तिय समानिकरण ६ करोड ७९ लाख , शसर्त चालु अनुदान ९ करोड ६६ लाख , शसर्त पुजिगत अनुदान ६१ लाख ७४ हजार ,राजश्व बाडफाड ३ करोड ५० लाख छ । यस्तै ,प्रदेश सरकारतर्फ बिक्तिय समानिकरण अनुदान १ करोड १९ लाख ५० हजार , सामाजिक सुरक्षा १ करोड १० लाख ,आन्तरिक राजश्व २५ लाख , शसर्त पुजिगत अनुदान १ करोड ,राजश्व बाडफाड ११ लाख ३२ हजार छ । गाउपालिकाको संन्चित मौज्याद ३० लाख समेत गरी उक्त बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत बिनोद पौडेलले जानकारी दिए ।
यसपटक प्रस्तुत थासाङको निती तथा कार्यक्रम र बजेटमा व्यवासायिक कृषि र पशुपालन , नदी नियन्त्रण , शिक्षा र स्वास्थ्यक्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । बजेटमा व्यवसायिक कृषि तथा पशुपालनतर्फ ६० लाख ५० हजार बिनियोजन गरेको छ । नेपाल सरकारबाट प्राप्त शसर्त अनुदानका कार्यक्रम बाहेक सामाजिक बिकासका कार्यक्रममा १ करोड ५० लाख बजेट बिनियोजन भएको प्रशासकीय अधिकृत पौडेलले बताए । उनका अनुसार सामाजिक बिकास तर्फ बालबिकासका बिद्यार्थीलाई दिवा खर्च १० लाख १४ हजार छुट्याएको हो । यसले गाउ पालिका भित्रका बिद्यालयहरुमा बिद्यार्थी भर्ना दर बृद्धि गर्ने लक्ष्य रहेको छ । गत वर्ष थासाङ गाउपालिका बाढी पहिरोले पीडित बनेको थियो ।
बर्षातको समयमा आएको बाढीले कतिपयका घरखेत र सामाजिक संरचनालाई क्षति पूर्याएको थियो । कालिगण्डकी नदी र अन्यखोला किनाराका बस्ती र खेतलाई जोगाउन गाउपालिकाले नदी तटबन्ध निर्माणमा पर्याप्त बजेट बिनियोजन गरेको जनाईएको छ । यस्तै शसर्त अनुदानको रकम बाहेक पुजिगत बजेटबाट खर्च हुने गरी पूर्वाधार निर्माणमा जोड दिएको अधिकृत पौडेलले जनाए । आगामी आर्थिक वर्षका लागि पूर्वाधार बिकास तर्फ ३ करोड ३२ लाख बिनियोजन भएको उनले जानकारी दिए । गाउपालिकाले सामाजिक बिकास तथा जलवायु परिवर्तन अध्ययनका कार्यक्रम समेत ल्याएको जनाईएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया