एनसेल र सामसङबीच साझेदारी

काठमाडौं ।
एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्ट फोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत, एस २४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५ सय ग्राहकले एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् ।
सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७ सय एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।
एनसेलका चिफ कमर्सिल अफिसर उमेर मोहसिनले विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा उत्साहित भएको जनाए । यो सिरिजमा रहेको ग्यालेक्सी एआइले एआइ लाइभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता सुविधा दिन्छ ।
यसमा ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता विभिन्न अन–डिभाइस सुविधा छन् । एस २४ सिरिजमा ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४ प्लस र ग्यालेक्सी एस २४ बेस छन् । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहारसमेत पाउने सामसङ नेपालले जनाएको छ ।









एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया