पीडितमैत्री कानुनमा जोड

समाधान संवाददाता २०८० माघ १० गते १२:४२

पोखरा ।
नेपालको कानुन पीडितमैत्री भन्दा अपराधमुखी भएको एक कार्यक्रमका सहभागीले टिप्पणी गरेका छन् । उनीहरुले पीडितले न्याए पाउने खाले कानुन निर्माण गरी कार्यान्वयन आवश्य भएको औंल्याए ।

Advertisement


पश्चिमाञ्चल मावि पोखराको आयोजनामा बागलुङमा आयोजित नेपालको वर्तमान कानुन विषयक अभिमुखीकरणमा सहभागीले कानुन पीडितमैनी हुनुपर्ने बताएका हुन् । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले कानुन कार्यान्वयन गर्दा समाजको अवस्था सुधार हुनुपर्ने बताए । उनले कुनै पनि बिषयमा कानुनी उपचार खोज्दा समाज बिखण्डन आउने अवस्था हुन नहुने पनि बताए ।


अपराधीले सजाय पाउनुमात्र कानुन कार्यान्वयन नभएको भन्दै पीडितले न्याय पाउने अवस्था आउनुपर्ने जनाए । कार्यक्रममा जिल्ला अदालतका स्रेस्तेदार शिवहरि सुवेदीले अदालतले गर्ने सबै काम कानुन सम्मत हुने भन्दै कतिपय बिषय स्थानीय सरकारले टुंगोमा लैजाने बताए । न्यायिक समितिमार्फत मेलमिलाप गर्ने र नहुने भएमा मात्र मुद्दामा जाने अवस्था आउने उनले बताए ।

Advertisement


विद्यालयका प्रधानाध्यापक सरोज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमा शिक्षक विजयराज अधिकारी र श्रीकृष्ण गौतम, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्राडा रामप्रसाद उपाध्याय, प्रहरी नायब उपरीक्षक मदन केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रशंसा अधिकारीले कानुनको परिचय, अंकित भुर्तेलले न्यायिक समिति, स्नेहा भण्डारीले लैंगिक हिंसा, अन्जली केसीले विवाहबारे प्रस्तुतति गरेका थिए । कार्यक्रममा पवित्रा बराल, सिम्रन डुम्रे, नम्रता कोइराला, प्रकृति चापागाई, समुन्द्र अर्याल, कुशुम देवकोटा, निसा भण्डारी र प्रक्षा पौडेलले धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया