शिक्षक संगठनको पदस्थापन

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम एवं पहिलो बैठक सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय समिति सदस्य तीर्थबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय समिति सदस्य शारदा शर्माको सञ्चालनमा भएको पदस्थापन कार्यक्रममा नवनिर्वाचित समितिलाई गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँवर, राष्ट्रिय समिति सचिव रामप्रसाद पोखरेल तथा पेशागत महासंघ नेपाल राष्ट्रिय समिति सचिव तथा गण्डकी प्रदेश इन्चार्ज रामप्रसाद खनालले प्रमाणपत्र वितरण गरेका थिए ।
पदस्थापना पछि नवनिर्वाचित अध्यक्ष रोमहर्षण पौडेलले पदबहाली गर्दै गण्डकी प्रदेशका शिक्षकहरूलाई प्रबिधिमैत्री तालिम तथा पेशागत विकास सम्बन्धी तालिम सञ्चालन गर्न एवं सबै शिक्षकहरुलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
पहिलो बैठकले गण्डकी प्रदेशको पहिलो अधिवेशन सम्पन्न गर्न प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, अध्यक्ष मण्डल, निर्वाचन मण्डल, प्रतिनिधि, निवर्तमान समिति, पत्रकार, सुरक्षाकर्मी लगायत सम्पूर्णलाई धन्यवाद प्रस्ताव पारित गर्नुका साथै गण्डकी प्रदेश समितिको वेबसाइट सञ्चालन गर्ने, शिक्षकहरुको सफ्ट स्किल तथा सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालन गर्न गण्डकी विश्वविद्यालयको डिपार्टमेन्ट अफ कन्टिनिविङ एजुकेसनसँग सहकार्य गर्ने तथा बैठक सञ्चालन कार्यविधि निर्माण गर्ने निर्णय भएको महासचिव ध्रुवराज सिग्देलले जानकारी दिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया