पोखरा–१२: वडावासीलाई पाठेघर र स्तन क्यान्सर परीक्षण

पाेखरा ।
पाठेघर र स्तन क्यान्सरको परीक्षण सम्बन्धी कार्यक्रम आईतबार पोखरा–१२ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १२ र नेपाल नर्सिङ संघ कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
स्वास्थ्य शिविर र सचेतना कार्यक्रमअन्तर्गत शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए । वडा कार्यालय परिसरमा संचालित शिविरबाट वडावासी लाभान्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । पछिल्लो समय महिलाहरुले परीक्षण गर्न लाज मान्ने तथा रोग लुकाएर बस्ने गरेको पाइएको र त्यस्ता महिलाहरुका लागि सहयोग पुगोस भन्ने उद्देस्यले पाठेघर र स्तन क्यान्सरको परीक्षण वडामै मिलाइएको कार्यालयले जनाएको छ ।
शिविरमा प्रोजेक्टर मार्फत सचेतना कार्यक्रम सम्बन्धित प्रस्तुति पुष्पा शर्मा र निरशोभा गुरुङले दिनुभएको थियो । स्थानीयको सहजताका लागि वडामै गरिएको स्वास्थ्य शिविरले स्थानीय लाभान्वित भएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष मुना सिलवालले बताउनु भयो । नेपाल नर्सिङ संघको ६२ औं वार्षिकोत्सव अवसरमा कार्यक्रम गरिएको हो ।
पछिल्लो समय महिलाहरु उपचार गराउन लाज मान्ने, डराउने भएकाले पनि पाठेघरको समस्या बढ्दै गएको सो अवसरमा चर्चा गरियो । महिलाहरुको उपचारको लागि वडा कार्यालयले शिविर संचालन गरेर परीक्षणमा सघाउ पुगेको कार्यक्रम संचालिका शारदा शर्माले बताइन । अन्य वडाको तुलनामा यस वडाले विभिन्न स्वास्थ्य कार्यक्रम गरि उदाहरणीय बनेको स्वास्थ्य स्वयंसेविका संयोजक इन्दिरा पन्तले बताइन । यस्ता खालका स्वास्थ्य शिविर कार्यक्रमले वडावासी दिदिबहिनीहरुमा सहयोग पुग्ने शहरी स्वास्थ्य केन्द्रका प्रमुख सिर्जना थापाले बताइन । शिविरमा शहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरु र स्वास्थ्य स्वयंसेविहरुले सहजीकरण गरेका थिए । यस्ता खालका शिविर समयसमयमा संचालन गर्न सके न्युनीकरणमा सहयोग पुग्ने वडा सचिव महेश्वर अर्यालले स्पष्ट पारे ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया