हार्मोनीमा अरुणा र तारादेवीका रोज्जा गीत

पोखरा ।
हार्मोनी पोखरा र एभरेस्ट एफएमको आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ शनिबार भएको छ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ आयोजना गरिएको हो ।
साहित्यकार प्रकाश सायमीले नेपाली सुगम संगीत, कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रम सुरुवात गरेका थिए । पोखरेली महिला कलाकारले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरेका थिए ।
करिब २ घण्टा चलेको कार्यक्रममा हार्मोनीका अध्यक्ष ईतु जोजिजुले अरुणा लामाको ‘तिम्रो माया पथ्थरको झुक्याउने रुप जस्तो, तारादेवीको ‘तिम्रो नाम अझै छ ओठमा’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फूलैफूलको मौसम तिमीलाई’, रजनी रिदम राईले अरुणा लामाको चौतारीमा बसेर रुन पाऊँ, तारादेवीको मनको निश्चलतामा, मितु पालले अरुणा लामाको ‘म त चूपचाप बँसे’ र तारादेवीको ‘आमा भएर बोकि हेर’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्युट दिएका थिए ।
शीतल थापाले अरुणा लामाको ‘लहरे वर घुमाउने चौतारी र तारादेवीको ‘एक फूल झरेर के भो’, अजुदा थापाले अरुणा लामाको ‘कलकल सलसल र तारादेवीको आउन आउ तिम्रो खुसी’ बोलको गीत स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गर्दै गाएकी थिइन् । कार्यक्रमको अन्त्यमा लक्ष्मी गिरीसहितका गायिकाले गायिकाद्वयका चर्चित गीतको मिड्ले (गीतका छोटा छोटा प्याकेज प्रस्तुति) प्रस्तुत गरी बिट मारेका थिए ।
कार्यक्रममा युगल आवाजमा गायक संगीतकार रामभक्त जोजिजुले साथ दिएका थिए । अघिल्लो वर्षदेखि सुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया