एकल महिलालाई उपेक्षा गरिएको गुनासो

पोखरा ।
कास्कीका एकल महिला र सरोकारवालाले एकल महिलालाई सरोकारवाला र नीति निर्माताहरुले उपेक्षा गरेको गुनासो गरेका छन् । उनीहरुले हरसम्भव एकल महिलाका कुरा नीति, योजना र बजेटमै नपर्ने र परिहाले पनि कार्यान्वयनमा ध्यान नदिइएको टिप्पणी गरेका हुन् ।
मानवअधिकारका लागि महिला एकल महिला समूह(डब्लुएचआर) कास्कीले पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा आइतबार गरेको कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा डब्लुएचआरी प्रादेशिक अधिकृत मुना पुनले एकल महिला समूहले स्थापना कालदेखि अहिलेसम्म गरेका कामबारे प्रकाश पारिन् ।
‘संस्थाले एकल महिलाका संगठन निर्माण र विस्तार, हक, अधिकारका लागि वकालत, क्षमता अभिवृद्धिका लागि सशक्तीकरण, संस्थागत विकास, स्थानीय तहसँग सहकार्य, समन्वय जस्ता काम गर्दै आएको छ,’ उनले भनिन् । कार्यक्रममा डब्लुएचआर गण्डकी अध्यक्ष प्रमिला तझ्याले एकल महिलाहरु एकल नभएको भन्दै साथमा संस्था रहेको जनाइन् ।
डब्लुएचआर कास्की अध्यक्ष जूना केसीले एकल महिला समूहलाई कास्कीका सबै वडामा सक्रिय बनाउने योजना सुनाइन् । उनले भनिन्, ‘सबै वडामा समूहलाई सक्रिय बनाउँदै योजना, कार्यक्रम माग गर्ने र सशक्तीकरण, समक्ष हुँदै विकासको मूल प्रवाहमा अघि बढाउने योजना छ ।’
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पोखरा महानगर सामाजिक महाशाखाकी अधिकृत विष्णु पौडेल, पोखरा ५ की वडा सदस्य कल्पना भुवाजी, डब्लुएचआर कास्कीकी संस्थापक अध्यक्ष दुर्गा न्यौपाने, गैसस महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष केशु भुजेल, डब्लुएचआर पोखरा अध्यक्ष ईश्वरी चापागाईँ, डब्लुएचआर पोखरा ७ की अध्यक्ष सरस्वती अधिकारी थापा सहभागी हीरा शर्मा, सचिव विष्णु श्रेष्ठ लगायतले बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया