स्थानीय तह कर्मचारी संघमा शर्मा

समाधान संवाददाता २०८० माघ १५ गते १२:२४

पोखरा ।
स्थानीय तह कर्मचारी संघ नेपालको पाँचौँ राष्ट्रिय अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्ष र शम्भु बराललाई महासचिवमा चयन गरेको छ । शनिबार सम्पन्न संघको अधिवेशनले नयाँ शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष शर्मा पोखरा महानगरपालिकाको वरिष्ठ कानुनी अधिकृत हुन् ।

Advertisement


समितिको उपाध्यक्ष (खुला) जानुका श्रेष्ठ, उपाध्यक्ष महिला सिर्जना लामिछाने चयन भएका छन् । प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरूमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेस, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् । विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य उपमहासचिवमा चयन भएका छन् ।

३ सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । अधिवेशनबाट कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया