बाँदर नियन्त्रण गर्न रुख काट्दै पाेखरा १९ का वडाध्यक्ष पाण्डे

पोखरा ।
पोखरा महानगरपालिका १९ लामाचौरले बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने अभियान चलाएको छ । लामाचौर पुरुनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको भन्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरेका हुन् ।
गण्डकी सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि नीति पास गरेकाले घर वरपर रहेका रुखहरु कटान गरि अभियानले सरकारलाई सहयोग पुग्ने पाण्डेको तर्क छ ।
रुख विरुवा बढि भएकै कारण बाँदरबाट कृषकले दुख पाएका र बाँदरबाट बालि जाेगाउन रुख काट्नुपर्ने उनकाे भनाइ छ ।
‘आजको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान संचालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई अनुरोध छ ।’ उनले भने ।









कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया