लायन्सको दोस्रो महाधिवेशन पोखरामा
पोखरा ।
लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक जे नेपालले दोस्रो राष्ट्रिय महाधिवेशन पोखरामा गर्न लागेको छ । महिलामात्र सदस्य भएको संसार भरीको पहिलो लायन्स क्लब लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजनामा ३ चैत २०८० मा पोखरा सभागृहमा महाधिवेशन गर्न लागिएको मुल आयोजक कमिटीका संयोजक पूजन शाक्यले जानकारी दिइन् ।
महाधिवेशनमा १२ जिल्लाका ५ डिष्ट्रिक अन्तर्गतका क्लबका करिब ६ हजार प्रतिनिधिले भाग लिने छन् । ‘महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न लायन्सका सदस्यहरु उत्साहितका साथ लागेका छन्,’ संयोजक शाक्यले भनिन्, ‘महाधिवेशनलाई सफल पार्न सम्पूर्ण लायन्स तथा लियो क्लब लगायत सबै संघ, संस्थाको सहयोग रहेको छ ।’ उनले लायन्स महाधिवेशनले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताइन् ।
पर्यटन प्रवद्र्धनको लक्ष्यसहित गर्न लागिएको महाधिवेशनबाट नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्ने संयोजक शाक्यको दाबी छ । उनले पर्यटन क्षेत्रका सबै संघ संस्थाले आकर्षक छुट सहितको प्याकेज घोषणा गरेको बताइन् ।
महाधिवेशनमा सहभागिताको लागि दर्ता शुल्क २ हजार ५ सय कायम गरिएको छ । लियो क्लबका लागि १ हजार दर्ता शुल्क तोकिएको छ । महाधिवेशन गर्न २५ देखि ३० सम्म लाखसम्म खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिइन् । महाधिवशेनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ ।
निवर्तमान डिस्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले महिला क्लबहरुको व्यवस्थापनमा हुने महाधिवेशन भव्य र सभ्य हुने बताए । अहिले लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक जे नेपालको गभर्नरमा हरिप्रसाद मरहठ्ठा छन् ।
फस्ट भाइस गभर्नर मिलन थापाले सबै विधि र प्रक्रियाबाट नेतृत्व चयन हुने जानकारी दिइन् । लायन्स क्लब अफ पोखरा गण्डकी अध्यक्ष बबी शेरचन, पूर्व अध्यक्ष शारदा पराजुली, भगवती रेग्मी लगायतले लायन्सको महाधिवेशन तयारीबारे बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया