पर्यटन बोर्डमा पोखरेली समेट्न माग

नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखराको पनि प्रतिनिधि सुनिश्चित गर्न यहाँका पर्यटन व्यवसायीले माग गरेका छन् ।
पर्यटनमन्त्री सूदन किराँतीलाई ज्ञापनपत्र लेख्दै व्यवसायीहरुले उक्त माग गरेका हुन् । पर्यटनसँग सम्बन्धित संघपर्यटकिय राजधानी शहरको रुपमा घोषणाको प्रक्रियामा रहेको पोखरा जोडने मुख्य सडकहरुको हालको अवस्था बिकराल रहेको अवस्थामा पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट हालसम्म पनि अन्र्तराष्ट्रिय उडान सुचारु हुन सकिरहेका छैनन ।
६ खर्ब भन्दा वढि निजि क्षेत्रवाट लगानी रहेको पोखरा र समग्र पर्यटनको विश्ववजारमा थप बजारीकरणको आवश्यकता रहेको अवस्थामा पर्यटनको प्रवर्धन र बिकासका लागी स्थापना भएको नेपाल पर्यटन बोर्ड आफैमा सुस्ताउन पुग्यो भने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय त छ कि छैन व्यवसायीले कुनै अनुभुति समेत गर्न पाएका छैनन ।
यसरी देशकै पर्यटकिय नगरी पोखराबाट नेपाल पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको बर्तमान अवस्थाले गर्दा पोखरा र सेरोफेरोका पर्यटकिय गन्तव्यहरु छायामा परिरहेका छन त्यसमा पनि प्रवर्धनको लागी स्थापित नेपाल पर्यटन बोर्डको ठुलो, रकम प्रवर्धन भन्दा पनि विकास निमार्ण तिर विनियोजित हुनु आफैमा दुभाग्यपूर्ण छ ।
यसर्थ जून उद्देश्यका लागी जैवाल पर्यटन बोर्ड स्थापना भएकी ही सोही अनुसार जिम्मेवारी दिन, पर्यटन बोर्डको पुन संरचना सहित हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखरामा नै रहेर पर्यटन व्यवसाय संचालन गर्ने पोखराको प्रतिनिधित्व सुनिश्चित गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
साथै पोखराको साझा प्रतिनिधित्व रहने गरी सिफारिस गर्न हामी तपशिलका पर्यटकिय संस्थाहरु एक रहेको समेत माननीय मन्त्रीज्यूलाई निबेदन गर्दछौ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया