गण्डकीमा ई–स्पोर्टस संघ

समाधान संवाददाता २०८० माघ १८ गते ११:२०

पोखरा ।
विश्वमा नै आकषर्णको रुपमा रहेको ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्दन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ ।

Advertisement


प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघका उपाध्यक्षद्वयमा श्यामप्रसाद श्रेष्ठ र स्वम्भू कुँवर, महासचिव शौरभ ढकाल, सचिव योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान छन् ।


कार्यसमिति सदस्यमा अमप्रसाद थापा पुन, सुभाषचन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजंग कुंवर र प्रज्वलबहादुर बाँनिया छन् । परिषदका बोर्ड सदस्य केशव पाठकको अध्यक्षतामा भएको भेलामा नवगठित तदर्थ समितिका अध्यक्ष बरालले गण्डकीमा इस्पोर्टस खेलको विकासमा आफूले सक्दो पहल गर्ने वाचा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया