सहारा एकेडेमीलाई रुपक र नन्दाको सहयोग

पोखरा ।
पोखराको सहारा क्लबले स्थापना गरेको फुटबल एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा रकम संकलन हुने क्रम जारी छ । पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको अवसरमा नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी, भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध पोखरा १५ लक्ष्मीटोल निवासी हाल बेलायत बस्ने रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
रुपक तथा नन्दा गुरुङले उक्त रकम बराबरको चेक क्लबका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लबले सञ्चालन गरेको सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा थप टेवा पुग्ने विश्वासका साथ उक्त सहयोग गरेको पूर्व खेलाडी रुपकले बताए ।
दाताले दिएको उक्त रकम उचित ढंगले एकेडेमीका बालकहरुको शिक्षा, दिक्षा तथा फुटबल खेलको लागि खर्च गरिने भएको सहारा क्लबका अध्यक्ष केशवराज बरालले सुनाए । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा ८ जिल्लाका १४ जना बालक छन् ।








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया