म्याग्दी–पोखरा चौतारीको अध्यक्षमा खत्री

पोखरा ।
म्याग्दी जिल्लाबाट कास्की जिल्लामा बसोबास गरी विभिन्न पेशा तथा कार्यमा संलग्न व्यक्ति तथा समुदायको संस्था म्याग्दी पोखरा चौतारीको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन हालै सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रेमशंकर बरुवालको अध्यक्षता तथा संस्थाका सल्लाहकार वरिष्ठ चिकित्सक डा. प्रेमबहादुर पुनको प्रमुख आतिथ्यतामा सभा हालै सम्पन्न भएको हो । अधिवेशनले पूर्व प्रहरी उपरीक्षक डा. मेखबहादुर खत्रीको अध्यक्षतामा पदाधिकारी तथा सदस्यहरू रहेको २१ जनाको नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष श्री गोपाल घिमिरे, उपाध्यक्ष कुलवीर राम्जाली, महासचिव झलकनाथ शर्मा, सचिव गोकर्ण बरुवाल, कोषाध्यक्ष माया केसी, र सह–कोषाध्यक्ष टेकबहादुर खत्री चयन भए । सदस्यहरुमा विना पाइजा, लक्ष्मी पुन, कान्ती श्रेष्ठ, प्रेम घले, तमबहादुर रोका, लोकबहादुर भण्डारी, लोकनाथ भट्टराई, शेषराम पुर्जा पुन, दलमान छन्त्याल, शर्मिला खत्री, सरस्वती खड्का, हरि घिमिरे र धनबहादुर शेरचन चयन भएका छन् ।
सल्लाहकारमा डा. प्रेमबहादुर पुन, महेश पराजुली, पूर्णबहादुर पुन, डम्मर पुर्जा पुन, ई. रुजिन्द्र तुलाचन, दुर्गा घिमिरे, हेमबहादुर बानिया, र डा. कृष्णचन्द्र रिजाल चयन भए । रामचन्द्र आचार्यको संयोजकत्वमा महेश पराजुली र डम्बर पुर्जा पुन रहेको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचनको महत्वपूर्ण कार्य सम्पादन गरेको थियो ।
म्याग्दी पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रमका अध्यक्ष प्रेमशंकर बरुवालले म्याग्दी पोखरा चौतारीले गरेका कार्यक्रमहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा डा. प्रेमबहादुर पुनले म्याग्दी पोखरा चौतारीले सामाजिक सेवामा गरेका महत्वपूर्ण कार्यहरुको प्रशंसा गरे ।
संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष महेश पराजुली, संस्थाका सल्लाहकार तथा संस्थापक उपाध्यक्ष डा. मेखबहादुर खत्री, सल्लाहकार झलकनाथ शर्मा लगायतले संस्था स्थापना गर्नुको उद्देश्य र परिवेस, आवश्यकता, र अनुभवका बारेमा प्रकाश पारेका थिए ।
संस्थाका सह–सचिव ई. रजिन्द्र तुलाचनले कार्यक्रम सञ्चालन गरेका थिए । अध्यक्ष प्रेमशंकर बरुवालले पेश गरेको वार्षिक प्रतिवेन, उपाध्यक्ष गोपाल घिमिरेले पेश गरेको आर्थिक प्रतिवेदनका साथै विधान संशोधन समितिका संयोजक डा. मेखबहादुर खत्रीले पेश गरेको विधान संशोधन प्रस्तावसमेत साधारण सभाले पास गरेको थियो । पर्वत पोखरा समाज र बागलुङ पोखरा समाजका प्रतिनिधिहरूले साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना दिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया