एग्रिकल्चर प्रोफेसनल सोसाइटी गण्डकी गठन

पोखरा ।
शनिबार भएको भेलाले एग्रिकल्चर प्रोफेसनल सोसाइटी, गण्डकी (एप्रोस) गठन भएको छ । अर्जुनदेव ज्ञवालीको संयोजकत्वमा रहेको समितिमा ज्योति क्षेत्री, नारायणप्रसाद पाठक, पवन थापामगर, विनोद शर्मा, मिलन आचार्य र प्रकाश बस्नेत सदस्य छन् ।
गण्डकी प्रदेशमा रहेका कृषिका विशेषज्ञ र प्राविधिकबिच सहयोग, सदभाव र प्राविधिक सञ्जाल अभिवृद्धि गर्दै विकसित कृषि प्रविधि र अनुभवको साटासाट गर्न एवं प्राविधिक दक्षता अभिवृद्धि गर्न संस्था गठन गरिएको हो । समितिले विधान मस्यौदा तयारीदेखि सोसाइटी दर्ता र ६ महिनाभित्र पहिलो अधिवेशन गर्ने जिम्मेवारी पाएको छ ।
सोसाइटीले कृषि विषय लिई कम्तीमा स्नातक तहको शैक्षिक योग्यता हासिल गरेका शिक्षण, अनुसन्धान र विकास, प्रसार, वित्तीय क्षेत्र, परामर्श, उद्यमशीलता विकास आदि क्षेत्रमा क्रियाशील सेवारत र सेवानिवृत प्राविधिकलाई समेट्ने बताइएको छ ।
सोसाइटीले उल्लिखित उद्देश्यको अलावा कृषि प्राविधिकहरूको सबल नेतृत्व तथा सहभागितामा कृषि क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुर्याउन र परिवर्तित सन्दर्भमा कृषि विकासको रणनीति र उपागम सम्बन्धमा अन्तरक्रिया, अध्ययन–अनुसन्धान गर्दै सरकार र अन्य सरोकारवालालाई सचेतीकरण र पृष्ठपोषण प्रदान गर्ने उद्देश्यसमेत लिइएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया