उद्योग तथा व्यवसायी महासंघ गण्डकीकाे अध्यक्षमा बबरजंग

समाधान संवाददाता २०८० माघ २२ गते १४:३१

पोखरा ।

Advertisement

उद्योग तथा व्यवसायी महासंघ गण्डकीको शनिबार भएको प्रथम अधिवेशनले नयाँ समिति गठन गरेको छ । समितिको अध्यक्षमा कास्कीका बबरजंग गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।


महासंघको उपाध्यक्षमा तनहुँमा ईश्वरबहादुर विष्ट र बागलुङका भवनराज बराल, सचिवमा कास्कीका यमनाथ पौडेल र कोषाध्यक्षमा कास्कीकै पार्वती पाण्डे चयन भएका छन् । भने उपसचिवमा कास्कीका नगेन्द्रप्रसाद पोखरेल र काशी गुरुङ, म्याग्दीका नारायण शर्मा, स्याङ्जाबाट सुशिला सिग्देल छन् ।

Advertisement


सदस्यमा पर्वतका खगेश्वरी शर्मा पौडेल र नारायणबहादुर कुँवर, बागलुङका सोमराज पाठक, तनहुँका आनन्द सुन्दर श्रेष्ठ र हस्तबहादुर खड्का, म्याग्दीका भोजबहादुर रिजाल र अमृता ल्वागुन, लमजुङका कल्पना थापा बोहोरा, सरोज पौडेल र युवराज पौडेल, कास्कीका प्रकाश थापा, थोमनाथ अर्याल, शिवप्रसाद तिवारी, र यादवप्रसाद पोखरेल रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया