डाँडाको नाकमा प्रहरीको नयाँ भवन

समाधान संवाददाता २०८० माघ २२ गते १४:५२

पोखरा ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अबको प्रहरी सेवा प्रविधियुक्त हुने बताएका छन् । पोखरा २६ मा रहेको इलाका प्रहरी कार्यालय डाडाँकोनाकमा निर्माण भएको पक्की ३ कोठे भवन आइतबार उद्घाटन गर्दै थापाले अबको शान्ति, सुरक्षाका लागि चुस्त प्रविधि अपरिहार्य भएको जनाए ।

Advertisement


प्रहरी जनताको मालिक नभई सेवक भएकाले आम जनतामा प्रहरी हाम्रो सेवामा खटिएको हो भन्ने भावना जगाउने उनले आग्रह गरे । पोखरा २६ को करिब २३ लाखका लागतमा निर्माण भएको प्रशासनिक भवनबाट सेवा प्रवाह हुँदा प्रहरीलाई सेवा दिन सजिलो हुनुका साथै सेवाग्राहीले छिटो र छरितो तरिकाले सेवा पाउने उनले अपेक्षा गरे ।


पोखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाले व्यवस्थित भौतिक संरचनाबाट प्रदान हुने सेवा प्रभावकारी हुने अपेक्षा गरे । भवन निर्माण समिति अध्यक्ष चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारी, डाँडाकोनाक इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील मल्ल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, भवन निर्माण समिति सचिव ईश्वरीप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया