माधवलाई प्रेस चौतारी पुरस्कार, मीना र हुमलाई सम्मान

पोखरा ।
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले सोमबार कास्कीका ३ पत्रकारलाई प्रेस चौतारी पुरस्कार तथा सम्मान गरेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पत्रकार माधव बराललाई प्रदान गरिएको छ ।
प्रेस चौतारी पत्रकारिता सम्मान २०८० बाट मीना गुरुङ र हुमबहादुर गुरुङलाई अर्पण गरिएको कार्यवहाक अध्यक्ष मोतीसागर अधिकारीले जानकारी दिए । नेपाल पत्रकार महासंघ कास्कीका सचिव तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बराललाई २२ हजार २ सय २२ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो ।
लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील मीना पत्रकार महासंघ कास्की पूर्व कार्यसमिति सदस्य तथा गण्डकी प्रदेश सभाको पूर्व सदस्यसमेत हुन् । साढे २ दशकदेखि पत्रकारिता सक्रिय हुम कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । तमु धिँ नेपालका अध्यक्षसमेत रहेका हुम पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य हुन् ।
पार्टीका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र नेकपा एमाले स्थायी समिति सदस्य थममाया थापाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । स्थायी समितिका सदस्य अधिकारीले पत्रकारिता उच्च कोटीको व्यवसायिक क्षेत्र भएको बताए । उनले पत्रकारिता क्षेत्रमा संकीर्ण र विभाजन हुन नहुने उल्लेख गरे ।
‘सबैको एउटै स्वार्थ हुनुपर्नेमा पछिल्लो समयमा पत्रकार, कानुन व्यवसायी र इन्जिनियर विभाजित छन्, उच्च कोटीको काम गर्ने सबै पत्रकार एकठाउँमा उभिनु पर्छ,’ उनले भने । उनले पत्रकारिता राज्यको चौथो अंग नभएर अभिन्न अंग भएको तर्क गरे । नेता अधिकारीले सोसल मिडिया तथा मल्टी मिडियाको बढ्दो प्रभावले मुल धारको पत्रकारितामा क्षेत्रमा धेरैं खालका चुनौती थपिएको बताए ।
उनले नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणको नाममा कसैलाई हटाउने र कसैलाई जोगाउने काम गरेको आरोप लगाए । उनले गण्डकी प्रदेशबाट आमसञ्चार विधयेक प्रतिपक्षी दलको विशेष सहयोगमा टुंग्गोमा पुर्याउन लागेको जानकारी दिए ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनाराण अधिकारी, प्रेस चौतारी नेपाल कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पूर्व अध्यक्ष तथा प्रतिभा छनोट समितिका संयोजक हरि बाँस्तोला, सम्मानित पत्रकारहरु माधव बराल, मीना गुरुङ, हुमबहादुर गुरुङ, उपाध्यक्ष बालकुमारी पौडेल ‘तारा’ र सचिव रञ्जन अधिकारी क्षेत्रीले प्रेस चौतारीको स्थापना दिवसका बारेमा बोलेका थिए ।
प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसको आधारमा उनीहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया