चलचित्र ‘ईश्वर’ पोखरा र याङ्जाकोटमा खिचिने

पोखरा ।
राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘ईश्वर’को छायांकन सुरु भएको छ । चलचित्रको सबै छायांकन पोखरा र मादी गाउँपालिकाको याङ्जाकोटमा हुनेछ ।
चलचित्रमा पृथ्वीराज प्रसाई, सुनील थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला, गीता अधिकारी लगायतको अभिनय रहने निर्देशक गिरीले जानकारी दिए । समाजका बेथिति, विसंगति, मायाप्रेमसहित र जीवन संघर्षका कथा यसमा समेटिएको उनको भनाइ छ ।
भोजराज देवकोटाले तयार गरेको पटकथा एवम् संवाद रहेको चलचित्रको छायांकन गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सुरुआत गरे । थापाले सिनेमामार्फत् पोखराको प्रचारप्रसारमा टेवा पुग्ने जनाए । आफू मन्त्री हुँदा प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्ने प्रक्रिया थाले पनि राजनीतिक उतारचढावका कारण त्यो पूरा हुन नसकेको उनको स्पष्टोक्ति छ ।
कलाकार सुनील थापाले स्क्रिप्ट मन परेकाले ईश्वरमा काम गर्न लागेको सुनाए । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहको फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको मुख्य भूमिका माओत्से गुरुङले निर्वाह गर्ने छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया