रेडक्रस कास्कीको शोकसभा

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले शाखाका सभापति दण्डराज शर्मा पौडेलकी श्रीमती छविका पौडेलको पाँचौ दिनको पुण्यतिथिमा मंगलबार शोकसभा गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, गण्डकी प्रदेश समितिका सभापति सूर्यप्रसाद ढकाल, कास्कीका पूर्व सभापतिहरु क्रमशः गेहेन्द्रेश्वर कोइराला, रघुनाथ अधिकारी, बामदेव ढुंगाना र हरिप्रसाद बराल, मुस्ताङका सभापति चन्द्रबहादुर थकाली लगायत कास्की शाखा तथा उपशाखाका पदाधिकारी र सदस्यले पौडेल परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
पोखरा¬ ७ नुवारथोक स्थित पौडेलको निवासमा भएको शोकसभामा रेडक्रस कास्कीका कार्यवहाक सभापति धर्मराज अधिकारीले रेडक्रस कास्कीको संस्थागत विकासमा छविका पौडेल लगायत सबै परिवारको सभापति डण्डराज शर्मा पौडेल जत्तिकै योगदान रहेको बताए । ‘आमा छविकाले रेडक्रस कास्कीको निर्माणका लागि समय व्यवस्थापन र प्रेरणा दिनु भएको थियो,’ उनले भने, ‘सभापति शर्मा पौडेलले जत्तिकै परिवारको साथ सहयोगले रेडक्रस अभियान अगाडि बढेको छ ।’ उनले मानवीय तथा सामाजिक सेवामा आगामी दिनमा समेत सहयोग गर्न आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सुरेन्द्र गुरुङले छविका पौडेलको निधनको कारण सभापति पौडेललाई एक्लो भएको अनुभूति हुन नदिन रेडक्रस कास्की लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले सभापति पौडेलले घर पारिवारिक सहयोग र काम गर्ने वातावरणको कारण रेडक्रस अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया