मिलेनियम ट्रेकलाई उत्पादनसँग जोड्नुपर्ने

पोखरा ।
सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनमा पदमार्ग क्षेत्रका स्थानीय, जनप्रतिनिधि एवं घरवास सञ्चालकबीच पोखरामा गरिएको अन्तरक्रियामा वक्ताले पदयात्रा पर्यटनको प्रवद्र्धनसँगै उत्पादनसँग जोडिन सकेमा अधिकतम लाभान्वित हुन सकिने बताए ।
तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनः नक्सांकन गरी पोखरा महानगर सहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरवास सञ्चालकसहित अन्तरक्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।
पछिल्लो समयमा नेपालको एकमात्र मध्य पहाडी क्षेत्रको सहश्राब्दी पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढीरहेको बताउँदै उनले पदमार्ग क्षेत्रका स्थानीयले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुको विकल्प नभएको जनाए ।
स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले सहश्राब्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुपर्ने विचार राखे । पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उनले यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुको विकल्प नहुने जनाए ।
पर्यटन विज्ञ डा श्रीकान्त खतिवडा, भूूगोल विभाग पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक एवं पुनः नक्सांकन उपसमिति संयोजक डा. रामजी पोखरेल, भूगोल विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख नरेश पौडेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आले लगायतले पदमार्ग क्षेत्रका स्थानीयले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुने सक्नेमा जोड दिए ।
सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना कहरका समयमा सुस्ताए पनि पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैंसेगौंडा सामूदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जनाए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया