अनेमसंघको मुस्ताङ—कास्की सम्पर्क कमिटी

जोमसोम ।
पोखरामा अखिल नेपाल महिला संघको मुस्ताङ—कास्की सम्पर्क कमिटी गठन गरिएको छ । नेकपा (एमाले) निकट जनवर्गीय संगठन अनेमसंघ जिल्ला कार्यसमिति मुस्ताङको प्रथम (मुस्ताङ—कास्की) सम्पर्क भेलाले बुधबार १५ सदस्यीय सम्पर्क कार्यसमिति गठन गरेको हो ।
विभिन्न पेशा, व्यवसायमा आवद्ध, अध्ययन र जिम्मेवारी सम्हाल्दै पोखरामा बस्ने अनेमसंघ मुस्ताङमा आवद्ध सदस्यको कार्यसम्पादन सहजताका लागि सम्पर्क कमिटी गठन गरिएको हो । सबी शेरचनको अध्यक्षतामा बनेको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अनिता घताने, सचिव ममता गौचन, सहसचिव बिमला परियार र कोषाध्यक्षमा नरशोभा बुढाथोकी छन् ।
सदस्यमा शान्ति थकाली, मीना तुलाचन, गौमाया तुलाचन, विष्णु शेरचन, सरला थकाली, सुनमाया घताने, मञ्जु गुरुङ, अनिता छन्त्याल, भीमकुमारी थकाली र सुनिता विश्वकर्मा छन् । अनेमसंघकी स्थायी कमिटी सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेशकी उपसचिव मञ्जु अधिकारीले उनीहरुलाई पद तथा गोपनीयता शपथ गराईन् ।
कार्यक्रममा अधिकारीले सम्पर्क कमिटी गठनले मुस्ताङका महिला हकअधिकार, संगठन विस्तार र महिला माथि पर्ने विभिन्न समस्या सम्बोधन गर्न सहज हुने जनाइन् । अनेमसंघ गण्डकी प्रदेशकी सहइन्चार्ज एवं प्रदेश सभा सदस्य देवका पहाडीले अनमेसंघ (केन्द्र)को सर्कुलर अनसार अनमेसंघले सम्पर्क कमिटी गठनको पहल थालेको बताईन् ।
उनले हिमालपारीका उत्पीस्डित महिलाको हक, अधिकार र उत्थानका लागि संघले गर्ने कामहरु प्रदेश राजधानी कास्कीमा सहज पहुँच पुर्याउन सहज होस् भन्ने अभिप्रायले सम्पर्क कमिटी गठन गर्नु परेको जनाइन् । अनेम संघ मुस्ताङकी इन्चार्ज शर्मिला गुरुङले मुस्ताङका धेरै महिला कास्कीमा रहेको र उनीहरु विभिन्न पेशा, व्यवसाय र जिम्मेवारीमा रहेको सुनाईन् । उनले महिला मुक्तिका लागि हिमालपारीका समस्यालाई छिटो, छरितो रुपमा गण्डकी प्रदेशसंग जोड्न सम्पर्क कमिटी गठन महत्वपूर्ण कार्य भएको उल्लेख गरिन् ।
अनेमसंघको सम्पर्क भेलालाई अनेमसंघ गण्डकी अध्यक्ष हिराकुमारी गिरी, अनेम संघकी केन्द्रीय सदस्य सुनदेवी रसाइली र अनेमसंघ मुस्ताङकी अध्यक्ष मिमकुमारी शेरचन लगायतले अनेम संघको गण्डकी प्रदेश अन्तर्गत सम्पर्क कमिटी गठन लगायतका विषयमा धारणा राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष शेरचनले कमिटीको उद्देश्यलाई सफल बनाउन योजनावद्ध रुपमा लाग्ने प्रण गरिन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया