पाेखरामा ५ करोड फिरौती मागेकाे आराेपमा २ जना पक्राउ
समाधान संवाददाता
२०८० माघ २५ गते १३:२२

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा बुधबार साँझ २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।
पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको कास्की प्रहरीले बताएको छ । उनीहरुले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने तथा परिवारका सदस्यको समेत ज्यान मार्ने धम्की दिएका थिए ।
गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।
प्रहरीका अनुसार एसएमएसमार्फत निजसँग ५ करोड रुपैयाँ फिरौती मागेकोे म्यासेज प्रहरीले प्राप्त गरि थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया