भूकम्प प्रभावितलाई कपडा सहयाेग

समाधान संवाददाता २०८० माघ २५ गते १५:४३

पोखरा ।
चिसो मौसमलाई लक्षित गरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुले रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहात स्वरुप न्यानो कपडा पठाएका छन् ।

Advertisement


सेवा केन्द्रको पहलमा प्रहरी कार्यालयबाट चिसो मौसमका लागि न्यानो कपडा संकलन गरी समन्वयात्मक संस्था हातेमालो अभियान नेपाल, कास्कीलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।


गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकासराज खनालले हातेमालो अभियान नेपाल, कास्की अध्यक्ष लक्ष्मी पन्थीलाई एक कार्यक्रमका बीच न्यानो कपडा हस्तान्तरण गरे । प्रहरी नायब महानिरीक्षक खनालले गएको १७ कात्तिकमा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पको कारण सुरक्षित आवासको अभावमा चिसोका कारण धेरैले ज्यान गुमाएको अवस्थामा राहात स्वरुप न्यानो कपडा पठाएको बताए । उनले नेपाल प्रहरी विपद् उद्दारमा मात्र नभई सहकार्य र सहयोगमा समेत अग्रस्थानमा रहेको जानकारी दिए ।

Advertisement


कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमल, पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्य, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशका अध्यक्ष कमला खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष श्रेष्ठ, हातेमालो अभियान नेपालका अध्यक्ष पन्थी लगायतले सहयोगका बारेमा बोलेका थिए ।


गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, गण्डकी प्रदेश प्रहरी गण पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र आत्मज्ञान प्रचार संघ रानीपौवाले न्यानो कपडा संकलनका लागि सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया