लेकसिटी कलेजमा स्पोर्टस मिट

पोखरा ।
गैरापाटनस्थित लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा अन्तर संकाय खेल्कुद प्रतियोगिता सम्पन्न भएको छ । पहिलो दिन कलेज परिसरभित्रै बास्केटबल र टेबल टेनिसका खेलहरु सम्पन्न भए । दोस्रो दिन फुटसल खेल भएको थियो ।
बास्केटबल खेलमा समावेश ८ टिमबाट बिबिएस प्रथम वर्षको समूहले उपाधि हात पार्न सफल भएको छ । खेलमा बिबिएस (प्रथम वर्ष) ६०–४८ बिएएस डब्लु (दोस्रो वर्ष) को अन्तिम नतिजामा विद्यार्थी साजन गुरुङले सर्वाधिक ३५ व्यक्तिगत स्कोर गर्न सफल भए ।
टेबल टेनिस अन्तर्गत १६ विद्यार्थी समावेशमध्येबाट फाइनल खेलमा बिएएस डब्लु (दोस्रो वर्ष) का सम्राट शाही ठकुरीले बिबिएस (चौथो वर्ष) का रोशन लिगललाई सोझो तिन सेटमा हराउँदै उपाधि चुम्न सफल भए ।
खेलकुदको दोस्रो दिन फुटसल खेलमा २ संकायबाट ७ टिम तथा शिक्षकतर्फबाट एक टिम गरी ८ टिम समावेश थियो । जसमा बिबिएस (दोस्रो वर्ष) र बिबिएस (प्रथम वर्ष) फाइनलमा आमनेसामने भएका थिए । निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि, सो खेल टाइ ब्रेकरमा ३–१ को स्पष्ट नतिजा निकाल्दै बिबिएस (दोस्रो वर्ष) उपाधि चुम्न सफल भएको छ ।
विद्यार्थीबिच खेलकुदको माध्यमबाट मित्रता, उत्साह र टिम स्पिरिट बढाउने उद्देश्यसहित वार्षिक खेलकुद कार्यक्रम एकेडेमिक क्यालेन्डरमा समावेश गरिएको जानकारी सोही प्रतियोगिताका संयोजक एवं सञ्चालक आमोद कोइरालाले दिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया