एमाले प्रचार पोखरा कमिटीको कार्यशाला

पोखरा ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीद्वारा आयोजना भएको प्रचार कार्यशाला शनिबार सम्पन्न भएको छ । सञ्चारको उचित प्रयोग, यसको महत्व, व्यवस्थापन र गलत सूचनाबाट जोगिने उपायका विषयमा केन्द्रीत रही कार्यशाला सम्पन्न भएको हो ।
सञ्चारको महत्व र यसको उचित प्रयोगको बारेमा बुझाउने उद्देष्यले कार्यशालाको आयोजना गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीका संयोजक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
कार्यशालामा सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठले प्रभावकारी सञ्चार, प्रचार तथा प्रकाशन विभागको भूमिका, गलत र भ्रामक सूचनाबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए । त्यसैगरि संगठनात्मक सिद्धान्तका विषयमा एमाले गण्डकी प्रदेश कमिटी सदस्य दिलिप बिक्रम शाही र एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यशालामा महानगरका ३३ वटै वडाका प्रतिनिधि, पार्टी नेता, कार्यकर्ता, विद्यार्थी नेता, सञ्चारकर्मीलगाएतको उपस्थिती रहेको थियो ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीका संयोजक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको सञ्चालन कमिटीका सदस्य लक्ष्मण बरालले गरेका थिए ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया