यो गठबन्धन मौसमी होः खनाल

पोखरा ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धन मौसमी भएको टिप्पणी गरेका छन् । उनले शनिबार पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा गठबन्धन आवश्यकता अनुसार बन्ने जनाउँदै यसैमा सधैं भर पर्न नसकिने जनाएका हुन् ।
उनले परिस्थिति बदलिएसँगै गठबन्धन पनि परिवर्तन हुन सक्ने संकेत गरे । ‘यो गठबन्धन मौसमी गठबन्धन हो । यसले केही निकास दिन सक्दैन । यो मौसम परिवर्तन भएसँगै नयाँ गठबन्धन पनि सकिन्छ,’ उनले भने । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उल्लेख्य काम नर्ग नसकेको टिप्पणी गर्दै उनले अब कोर्ष बदल्नुपर्ने तर्क गरे ।
‘मेरो प्रचण्ड कमरेडलाई सुझाव छ । तपाई कोर्ष करेक्सन गर्दै काम गर्नुहोस्,’ उनले भने । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्षमा पनि जनअपेक्षा अनुरुप काम नहुँदा आक्रोश बढेको उनको ठम्याइ छ । उनले संसद विघटनलाई नेपाली राजनीतिको महाभूकम्पको रूपमा चित्रण गरे । त्यही राजनीतिको परकम्पले अहिले पनि परिस्थिति सही दिशामा गइनसकेको उनको भनाइ छ ।
सरकारले संविधान अनुरूप काम गर्न नसक्दा पुरातनपन्थी शक्ति सल्बलाउन थालेको उनले उल्लेख गरे । उनले अहिलेको नेपालमा रहेको पुँजीवाद दलाल पुँजीवाद भएको तर्क गर्दै नेता खनालले यसले समस्याहरुको समाधान नदिने जनाए । एकीकृत समाजवादीको अबको महाधिवेशनले देशको वर्तमान अवस्था बदल्ने नीति लिने र देशले निकाश पाउने उनको भनाइ छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया