प्रतिभा माविमा फुड फेस्टिभल

पोखरा ।
पोखराको प्रतिभा माविमा शनिबार एक दिने फुड फेस्टिभल आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेका कुरालाई व्यावहारिक रुपमा अभ्यास गराउने उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको हो ।
विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभलको आयोजना गरेका हुन् । फेस्टिभल पोखरा ३ का अध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेका कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फुड फेस्टिभलको यो दोस्रो संस्करण हो । आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तरता दिइने प्राचार्य सापकोटाले बताए । फेस्टिभलसँगै सांगीतिक कार्यक्रम र विभिन्न खेलकुदका कार्यक्रमसमेत आयोजना गरिएको छ ।
प्राचार्य सापकोटाले विद्यार्थीले सिकेको सीप खानाको स्वादमा मात्र नभई सधैका लागि सिकाइ हुने बताए । ‘विद्यार्थीले सिकाइको उदाहरण प्रत्यक्ष रुपमा देखाउने अवसर यो फेस्टिभलले दिलाएको छ,’ उनले भने । विद्यालयमा विज्ञान विषयका विद्यार्थीले विज्ञान प्रदर्शनी, व्यवस्थापन विषयका विद्यार्थीले बिजनेस प्लान प्रस्तुति र होटल व्यवस्थापनका विद्यार्थीले फुड फेस्टिभल गर्दै आएका छन् । गत वर्षको फेस्टिभलबाट ३५ हजार रुपैयाँ बचत भएको र त्यो पैसा होटल व्यवस्थापनमा उच्च अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिनेगरी विद्यार्थीले नै व्यवस्थापन गरेका छन ।
प्राचार्य सापकोटाले भने, ‘पर्यटनको सहर भएकोले पनि फुड फेस्टिभल नवीन अभ्यास बनेको छ । विद्यार्थीले खूबी देखाउने अवसर पाएका छन् ।’ विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले पछिल्लो समय विश्वकै ठूलो व्यावसाय पर्यटन क्षेत्र भएकाले पर्यटन क्षेत्रका लागि यस्ता कार्यक्रम निकै नै रचनात्मक हुने बताए ।
‘प्रचुर सम्भावना पर्यटनमा छ । त्यही पर्यटनका लागि होटल व्यवस्थापनमार्फत जनशक्ति तयार भएका छन् । विद्यार्थीलाई यस्तै व्यावहारिक ज्ञानले आत्मनिर्भर बन्न सघाउँछ,’ पौडेलले भने, ‘यस्ता ज्ञानले विद्यार्थीलाई आफ्नो क्षेत्रमा काम गर्न सहजीकरण गर्छ ।’ उत्प्रेरक वक्ता डा रबिन कटुवालले होटल व्यवस्थापनको अब्बल जनशक्ति तयार गर्नका लागि विद्यालय तहमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए । कटुवालले विदेश जाने जनशक्तिलाई रोक्नका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए ।
पोखरा–३ का अध्यक्ष उदासले विद्यालयमा लिएको शिक्षामात्र पर्याप्त नहुने भएकाले व्यावहारिक ज्ञान आवश्यक परेको बताए । ‘विद्यालयको शिक्षाले मात्र पुग्दैन,’ उनले भने, ‘सिकाइलाई सीपमा बदल्न यस्ता गतिविधि आवश्यक छ ।’ अध्यक्ष उदासले अब्बल, शिक्षित र दक्ष जनशक्ति उत्पादन गरेर प्रतिभा माविले भोलिको लागि नयाँ जनशक्ति तयार पारिरहेको बताए ।
होटल व्यवस्थापन विषयकी विद्यार्थी तथा कार्यक्रमकी अध्यक्षसमेत रहेकी अफ्रिन घलेले आफूहरुका लागि यो सिकाई निकै नै महत्वपूर्ण रहेको बताइन् । विद्यालय परिसरमा विभिन्न स्टल राखेर विद्यार्थीले परिकार पस्केका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया