२५ बालबालिकाले सिके सारंगी
पोखरा ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेमजा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेमजामा आयोजना गरेको सारंगी प्रशिक्षण सकिएको छ । एक महिने सारंगी प्रशिक्षणमा गन्धर्व समुदायका २५ बालबालिका सहभागी थिए ।
उनीहरुलाई सारंगी बाधक सम्मरबहादुर गायकले सहजीकरण गरेका छन् । समापन कार्यक्रममा बालबालिकाले २ गीतमा सारंगी वादन गरेका थिए । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिक कालभन्दा अगाडि नै सारंगीको उत्पत्ति भएको बताए । एक तार हुँदै आज सारंगीको विकसित रुप चार तारसम्म आइपुगेको उनको भनाइ छ ।
सहजकर्ता सम्मरबहादुर गायकले यस्तो प्रशिक्षणले नयाँ पिढीलाई आर्कषण गरेको बताए । गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको जनाए ।
पछिल्लो समय नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेषभूषा र संस्कृतिप्रति उदासिन बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘यो डरलाग्दो अवस्था हो, तसर्थ नयाँ पुस्तालाई क्रमिक रुपमा आफ्नो भाषाप्रति, आफ्नो बाजाप्रति, संस्कार संस्कृतिप्रति आर्कषित गराउनुछ,’ उनले भने ।
हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिना, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पौडेल, प्राज्ञ डिलकुमारी पौडेले लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया