अर्घाखाँचीमा जीप दुर्घटना, २ जनाको मृत्यु

समाधान संवाददाता २०७६ असार १९ गते १४:३२

समाधान संवाददाता, बुटवल

अर्घाखाँचीको सुपादेउराली मन्दिर नजिकै जीप दुर्घटना भएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटनामा  परेको हो ।

Advertisement

दुर्घटनामा परी २ जनाको घटनास्थलमा नै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी चौकी नरपानीका प्रहरी नायब निरीक्षक रामप्रसाद सुवेदीले जानकारी दिए ।

मृत्यु हुनेमा एक जना जीपका चालक अन्दाजी ४० वर्षका सुमन्त भुसाल रहेको र अर्का एक जना अन्दाजी ५५ वर्षका पुरुष रहेको उनले जानकारी दिए ।

Advertisement

‘म घटनास्थलमा छु, घटनास्थलमा २ जना पुरुष व्यक्तिको शव भेटिएको छ, अरु घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको छ,’ उनले जानकारी दिए ।

दुर्घटनामा परी सात जना घाइते भएका छन्। जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको उद्धार गरी उपचारको लागि बुटवल पठाइएको प्रहरी नायब निरीक्षक सुवेदीले जानकारी दिए ।

सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बीचबाट पल्टिएको जीप सडकबाट करिब साढे तीन सय मिटर तल खोलामा पुगेको उनले जानकारी दिए ।

उक्त दुर्घटना बिहान करिब ११ बजेतिर भएको भए पनि घटनास्थल अत्यन्त अप्ठ्यारो भएको कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया