एनसेल फोरजी सेवा गण्डकीमा थप सुधार

समाधान संवाददाता २०८० फागुन २ गते १३:२६

काठमाडौं ।
आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तिब्रता दिदै एनसेलले गण्डकी प्रदेशका ५ जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै ग्राहकले अब आँबूखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सक्छन् ।

Advertisement


आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेकोे हो । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको एनसेलले बताएको छ ।


सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ ।

Advertisement


गण्डकीमा एनसेलले पाँच वटा विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ । एनसेलले व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले हालसम्म देशभर विभिन्न सामाजिक कार्यहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया