रुपाका सबै घरमा मौरी घार

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले सबै घरमा मौरी घार पुर्याउने योजना बनाएको छ । ‘एक घर, एक घार’ योजना सञ्चालन गर्दै पालिकाले मौरीपालनलाई व्यावसायिक बनाउने लक्ष्य लिएको हो ।
अध्यक्ष नवराज ओझा स्थानीयको मागअनुसार १ देखि २० घारसम्म मौरी उपलब्ध गराइने बताउँछन् । अहिले पालिकाभरी फर्म दर्ता गरेका ६३ मौरीपालक छन् । कसैले आधुनिक घारमा मौरी पालेका छन् भने केहीले परम्परागत घारमा मौरी राखेका छन् ।
२ करोड ४० लाख बजेटबाट मौरी पकेट क्षेत्र कार्यान्वयन गरिँदै छ । यसका लागि पालिकाले यो आर्थिक वर्षमा १ करोड २० लाख विनियोजन गरेको छ । मौरीसहितका घार खरिदमा पालिका र स्थानीयको समान साझेदारी रहनेछ ।
‘यसपालि लिन्छु भन्ने जति सबैलाई दिने योजना छ । निवेदन उल्लेख्य परेका छन् । क्षमताभन्दा धेरै भए पनि अनुपात मिलाएर दिने घार घटाउँछौँ,’ ओझा भन्छन् । मौरीसहितका घर वितरण गर्नुअघि तालिम दिने तयारी छ ।
यसअघि विभिन्न समयमा रुपाले करिब २ सय घार मौरी स्थानीयलाई वितरण गरेको थियो । त्यसको प्रतिफल राम्रो देखिएकाले पालिकाले मौरीपालनलाई समृद्धिको माध्यम बनाएको हो । यही वर्ष ८ हजार लिटर मह उत्पादन हुने अध्यक्ष ओझाको अनुमान छ ।
कास्कीमा एउटा मौरीसहितको घारलाई ९ हजार हाराहारी पर्छ । ठूलो परिणाममा टेन्डर गरी किन्दा ७ हजार जतिमा एक घार मौरी आउने अनुमान छ । रुपाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल त्यसमा ३ हजार पाँच ५ किसान र त्यति नै पालिकाले लगानी गर्ने सुनाउँछन् ।
पालिकाले केही दिनअघि यो कार्यक्रममा सहभाही हुन चाहने किसानका लागि निवेदन आह्वान गरेको छ । करिब चार हजार घार माग भए पनि यो वर्ष करिब २ दुई हजार १ सय घार वितरण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत बराल बताउँछन् । २०७८ को जनगणना अनुसार रुपामा ३ हजार ७ सय ८० परिवार छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया