एकलतर्फ सन्तोष र समूहतर्फ बेसलाइनलाई डान्सिङ स्टार्स उपाधि

पोखरा ।
पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता भएको छ । प्रतियोगिता अन्तर्गत समूहगतमा बेसलाइन एकेडेमी उपाधि जित्न सफल भयो ।
१६ समूहले भाग लिएको यो विधातर्फको उपाधि जितेको बेसलाइनले १ लाख रुपैयाँ हात पा¥यो । समूहगततर्फ द्वितीय बनेको निश्चल डान्स एकेडेमीले ५० हजार र तृतीय बनेको कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे । समूहगततर्फ पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो ।
समूहगततर्फ सहभागी भएको रोटरी क्लब अफ पोखरा लेकसाइडलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । रोटरी दिवसको छेको पारेर आयोजना गरिएको नृत्य प्रतियोगिता अन्तर्गत एकल प्रतिष्पर्धामा रोट्याक्ट क्लब अफ स्यम्भुका सन्तोष थापामगरले बाजी मारे । ११ जनाबीच भएको एकल प्रतिष्पर्धाको उपाधि जितेका उनले नगद ५० हजार रुपैयाँ हात पारे ।
एकलतर्फ द्वितीय बनेकी रोट्याक्ट क्लब अफ वालिङकी विन्दु नेपालीले २५ हजार रुपैयाँ र तृतीय बनेकी रोट्याक्ट क्लब अफ बनेपाकी नीति नर्कमीले १२ हजार रुपैयाँ प्राप्त गरे । एकलतर्फ पब्लिक च्वाइस अवार्ड रोट्याक्ट क्लब अफ पोखराकी कुसुमकुमारी थापाले जितिन् ।
प्रतियोगिताको निर्णायकमा मनकुमार श्रेष्ठ, रबिन गुरुङ र राजबहादुर गुरुङ थिए । रोटरी क्लब अफ पोखरा प्याराडाइजका उपाध्यक्ष डा. हरिविक्रम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको हो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया