मीनको नेतृत्वमा हेमजा उद्योग, व्यवसाय

समाधान संवाददाता २०८० फागुन ७ गते १५:३७

पोखरा ।
हेमजा उद्योग व्यवसाय समिति पोखरा २५ हेमजाको पहिलो साधारणसभा तथा अधिवेशनले मीनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा सुशीला पाठक त्रिपाठी, महासचिव राजेन्द्र बाँस्तोला, सचिव तीर्थराज देवकोटा र कोषाध्यक्षमा सुशीला पौडेल बाँस्तोला चुनिए ।

Advertisement


सदस्यमा उपेन्द्र सापकोटा, ध्रुव परियार, प्रदीप सापकोटा, कृष्ण अधिकारी र सृष्टि अधिकारी छन् । बाँकी ३ सदस्य मनोनीत गरिनेछ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उत्पादन बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले उल्लेख्य प्रयास गर्न नसकेको जनाए ।


कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, कपडा व्यवसाय सघं कास्की अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पोखरा इलेक्ट्रोनिक व्यवसायी संघ कास्की अध्यक्ष नारायण सुवेदी, सदस्य ध्रुवबहादुर परियार, कोषाध्यक्ष तीर्थराज देवकोटा, सदस्य सुशीला बाँस्तोला सचिव राजेन्द्र बाँस्तोला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया