स्वर्ग जस्तो कैसाङ खर्क, जहाँ खम्पा बस्थे

समाधान संवाददाता २०७६ असार २० गते १३:५१

प्राकृतिक सौन्दयताले भरिएको निलगिरी फेद अर्थात कैसाङ खर्क ।

समाधान संम्वाददाता, मुस्ताङ

मुस्ताङको स्वर्ग जस्तो अत्भुत ठाउँ कैसाङ खर्क । जहाँ ३० को दशकअघि तिब्बतीयन खम्बाको बसोबास थियो । कैसाङ खर्क जोमसोम देखि पश्चिमपट्टी निलगिरीको फेदैमा पर्छ ।

Advertisement

निकै प्राकृतिक सौन्दर्यताले भरिएको कैसाङ खर्क आर्कषक गन्तब्य भएपछि प्रचार–प्रसारको अभावमा आझेलमा छ । खर्ककै शिरमा ठिङ्ग उभिएको निलगिरी हिमाल बिराजमान छ । चारैतिर हरिया खर्कले कस्को मनलाई घनिभुत पार्दैन होला र । कैसाङ खर्ककै दैलोबाट देखिने नमखुलेक वरपर याक–चौरीको बथान सलबलाउदै गरेको र सल्ला र धुपीको सुन्दर बुट्यानहरु देख्दा लाग्छ साँच्चै यहाँ स्वर्गको एक टुक्रा केही चिज छ ।

जोमसोम देखि १० किलोमिटर दुरी छ कैसाङ खर्क । यही प्राकृतिक बरदान पाएको यो क्षेत्रमा कस्को आँखा नलाग्ला र । कैसाङ हुँदै संसारकै अग्लो उचाईमा अवस्थित तिलिचो लेक पुग्न सकिन्छ । ठिनी हुँदै तिलिचो जाने केही पदमार्ग भएपनि यही खर्कबाट पनि पर्यटक तिलिचो उक्लन्छन् । खकै हुदै नमखु लेकबाट मेशोकोन्दोपास पुग्न सकिन्छ । हिमचितुवा, कस्तुरी र नाउरको मुख्य बासस्थान रहेको यस खर्क एक्यापको संरक्षितक्षेत्र पनि हो ।

Advertisement

खम्बाले किन पराए कैसाङ खर्क रु
स्वशासित तिब्बत राज्य माथि चिनले जब अधिनमा लियो तब , त्यहाँका केही तिब्बतीहरु चिनको उपनिबेश ग्रहण गर्न नसकी उत्तरतर्फबाट नेपाल पसे । यसरी नेपाल पसेको खम्बाहरुले मुस्ताङलाई उ समय आधार ईलाका बनाएको भन्ने मुस्ताङीहरुको सम्झना छ । तिब्बतबाट पलायन भएका उनीहरु मुस्ताङका बिभिन्न स्थानमा छरिएर रहे । तर , छरिएका उनीहरुको एकिकृत राजधानीकेन्द्र बनाए कैसाङ खर्कलाई ।

यो खर्क मुस्ताङको घरपझोङ ५ ठिनी पारी पर्छ । २०३२ साल अघि यहा खम्बाहरुले अघोषित अखडा जमाएर बसे । यहा उनीहरुले सुरक्षित स्थानको अनुभुति गर्ने र अघोषित तथा सैन्य अभ्यास गर्दथे भन्ने पनि भनाई छ । सरकारले खम्बा बिद्रोही बिस्थापित गरेपछि यहाँ नेपाली सेनाको सैन्य तालिमकेन्द्र बनायो । जहाँ नेपाली सेनालाई निरन्तर सैन्य अभ्यासको तालिम गराईन्छ ।

करिव ०१७ सालको सेरोफेरोमा तिब्बती खम्बाहरु मुस्ताङ प्रबेश गरेको भन्ने मुस्ताङी बताउछन् । सरकारबाट बिस्थापित खम्बाहरु केही भागे भने केही मुस्ताङको छैरो , पोखराको हेमजा , पृथ्वीचोक र छोरेपाटन लगायतका स्थानमा शरणार्थी भई बसेका छन् । सुन्दर हिमाल , सन्तुलित हावापानी , सबै किसिमको पूर्वाधार रहेकाले कैसाङ खर्क उनीहरुको रोजाई बनेको हो ।

तपाईको प्रतिक्रिया