‘बाँदरको समस्या सुल्झाउन अध्ययन आवश्यक’

समाधान संवाददाता २०८० फागुन ८ गते ११:१८

पोखरा ।
पहाडी क्षेत्रमा बाँदरले सताएको हो । बाँदरबाट कृषक यति आजित छन् यो विषय सदनसम्मै पुगेको छ । सरकारले आफनो नीति तथा कार्यक्रममा बाँदरको विषय समेट्न छुटाउँदैन । पछिल्लो समय पहाडी क्षेत्रमा बाँदर र मानिसको द्वन्द्व बढ्दो छ ।
केही हप्ताअघि मात्र पोखरा महानगरपालिका वडा १७ मा बाँदरको समस्याका कारण वडाध्यक्षले रुख काट्ने आदेश जारी गरे ।

Advertisement

पछि, सो निर्णयको चौतर्फी आलोचना भएपछि महानगरका प्रमुख धनराज आचार्यले उनको निर्णय खारेज गरिदिए ।
बाँदरकोे समस्या समाधानमा स्थानीय तहलाई अधिकार र सहयोग गरे निष्कर्ष निस्किने भनाइ राख्छन् महेश्वर ढकाल । स्थानीय नीति निर्माणबाट यो समस्याको समाधान निस्किने उनको भनाइ छ ।

‘कास्कीको बाँदरको समस्या स्याङ्जासँग मिल्दैन । स्याङ्जाको समस्या तनहुँसँग मिल्दैन । त्यो टाइम अनुसार ठाउँ अनुसार कन्टेक्ष्ट अनुसार गर्नुपर्ने भएको हुनाले यो स्थानीय सरकारलाई हामीले अध्ययन अनुसन्धान गरेर उनीहरु त्यही स्थानीय नीति निर्माण गर्नमा सहयोग गर्यौ भने यो समस्या समाधान गर्न सक्छौँ । तर, अलिकति जोडचाहिँ गर्नुपर्ने हुन्छ,’ महेश्वरले भने ।

Advertisement

बाँदरको समस्या नेपालमा पेचिलो बन्दै गएकाले यसबारे अध्ययन हुनुपर्ने विचार राख्छन् उनी । ११ औँ नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको सत्र ‘प्रकृतितर्फ फर्क !’ मा उनले योग्य हिसाबले अध्ययन हुनुपर्ने भनाइ राखे । ‘बाँदरको समस्या नेपालमा एकदमै पेचिलो भएर गएको छ, यसमा यही नै उपाय हो भन्ने छैन । कहीँ घटना घट्यो अनि त्यसपछि यसको सोलुसन निकाल्ने होइन । सम्रगमा यसको अध्ययन गरेर कन्क्लुजन हुनपर्यो,’ महेश्वरले भने ।

पहाडमा बाँदर र तराईमा हात्ती मानवबिचको द्वन्द्व बढ्दो छ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम योजना ल्याए पनि यो समस्याबाट कृषक र स्थानीय आजित छन् । हात्तीबाट तराई क्षेत्रमा स्थानीय उस्तै आजित छन् । प्राकृतिक हिसाबले हात्ती र मानिसबीचको द्वन्द्व समाधान गर्न सकिने उनको भनाइ थियो । तर, हात्ती ठूलो स्तनधारी प्राणी भएकाले उसलाई खान, बस्ने स्थान फराकिलो आवश्यक परेको विषयमा ध्यान दिनुपर्ने बताउँछन् उनी ।

Advertisement


बढ्दोे मानव र वन्यजन्तुबिचको द्वन्द्वमा मानिसको बढ्दो जनसंख्या एक कारण रहेको विचार उनी राख्छन् । ‘काँनिर ब्यालेन्स बिग्रेको छ भने मान्छेको जनसंख्या बढ्दै जाँदा हाम्रा बस्तीहरु विस्तार भए । बाटोघाटो धेरै बनायौँ, वन क्षेत्रको प्रयोग गर्यौ । त्यो गर्दा हात्ती बस्ने ठाउँमा मान्छे बस्न थाल्यौँ । हात्तीलाई खाने बस्ने पिउने अभाव भयौँ । र, मान्छे र हात्तीको बिचमा द्वन्द्व सिर्जना हुँदेै गयो,’ उनले भने ।

शत्रमा वन्यजन्तु र मानिसबिचको सम्बन्ध र यो बाट सिर्जित समस्याको विषयमा बहस भएको थियो । सत्रमा वक्ताको रुपमा महेश्वर, राजेन्द्र सुवाल र सहजकर्ताको रुपमा ददि सापकोटा थिए ।

तपाईको प्रतिक्रिया