उन्नति बचतमा पवित्रा
समाधान संवाददाता
२०८० फागुन ९ गते ११:१५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १६ गैराबारीमा रहेको उन्नति बचत समूहको अधिवेशनले पवित्रा रेग्मी पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सोमवार भएको समूहको नवौं साधारणसभा तथा चौथों अधिवेशनबाट उपाध्यक्षमा शिलादेवी पौडेल, सचिव निरु थापा र कोषाध्यक्ष पवित्रा सुवेदी पौडेल चुनिए । सदस्यमा सञ्जु आचार्य, रत्ना पुन र लक्ष्मी गुरुङ छन् ।
पोखरा १६ का वडा सचिव श्रीराम पौडेलले समुदायभित्र आईपरेका समस्या समाधान गर्न र सानोतिनो गर्जो टार्न समूह सफल भएको बताए । समूहका अध्यक्ष मनदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामु राना र युवराज पौडेलले पनि बोलेका थिए ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया