विन्ध्येश्वरीबाट मृगौला प्रत्यारोपण गर्न सहयोग
समाधान संवाददाता
२०८० फागुन १० गते १२:४९
पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा रहेको रेडक्रस सर्कलले मृगौला प्रत्यारोपण गर्न २८ हजार रुपैयाँ सहयोग गरेको छ । आर्थिक अवस्था ज्यादै नै न्यून भएका गोरखा जिल्ला, पालुङ्गटार—४ निवासी सञ्जीव श्रेष्ठलाई सर्कलले उक्त सहयोग गरेको हो । सञ्जीवले ५ वर्षदेखि मृगौला डायलसिस गराउँदै आएका छन् ।
डाक्टरको सल्लाह बमोजिम मृगौला प्रत्यारोण गर्नुपर्ने भएकाले उनको परिवारको अपिल बमोजिम सहयोग गरिएको सर्कलका शिक्षक नायक राजु बयालकोटी र युवराज रौनियारले जानकारी गराए । उक्त रकम सर्कलका संरक्षक तथा विद्यालय प्राचार्य कृष्णकुमार श्रेष्ठले पीडितलाई हस्तान्तरण गरे ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया