मनको अध्यक्षतामा गजल सन्ध्या

पोखरा ।
गजल सन्ध्या पोखरा, नेपालमा मन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको शनिबरा भएको १३ औं अधिवेशन तथा १८ औं साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा कपिल शर्मा, सचिव उदीपराज ढुंगाना, कोषाध्यक्ष विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी छन् । सदस्यमा शोभा लामिछाने, माधव खतिवडा, सागर अधिकारी, लक्ष्मण तिमिल्सिना र करणकपुर खनाल छन् ।
नवनिर्वाचित अध्यक्ष क्षेत्री, उपाध्यक्ष शर्मा र सचिव ढुंगाना संस्थाका पूर्वअध्यक्षसमेत हुन् । अध्यक्ष क्षेत्रीले अनुभवी पूर्वअध्यक्षसहित नयाँ युवाको टिमले नेपाली गजलको उत्थानमा यथाशक्य योगदान गर्ने वाचा गरे ।
रुपिन्द्रप्रभावीको संयोजकत्वमा दिलीप दोषी र रामजीप्रसाद आचार्य सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ क्रियाशील संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजलवाचन गर्दै आएको छ ।
गजल सञ्चयन प्रकाशन, गजलबारे चर्चा, प्रशिक्षणसमेत चलाउँदै आएको संस्थाले नवनित साहित्य सागरसँग सहकार्य गरी अक्षरयात्रासमेत सञ्चालन गर्दै आएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया