तनहुँ ।
बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले १ रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिस्टेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरे ।
अहिलेको चलनचल्तीको मूल्यअनुरुप १ करोड मूल्य बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । बन्दीपुरको मुख्य क्षेत्र मानिने र पायक पर्ने स्थानमा बहुमूल्य जग्गा उपलब्ध गराएर जग्गादाता श्रेष्ठले ठूलो योगदान गरेको श्रेष्ठले बताए ।
‘जग्गा प्राप्तसँगै आकर्षण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई अझ उचाइमा पु¥याउन सहयोग मिलेको छ,’ थापाले भने । बन्दीपुरमा घुम्न आउने पर्यटकलाई कौरा, लाखे, सोरठी, घाटु नाच लगायत कला, संस्कृति प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने लक्ष्य उनले सुनाए ।
बन्दीपुरको समग्र पर्यटन विकासका लागि सांस्कृतिक भवन निर्माण गर्न आफूले जग्गा सहयोग गरेको श्रेष्ठले जानकारी दिए । गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि ७० लाख विनियोजन गरेकामा जग्गा नहुँदा रकम फ्रिज बनेका भन्दै जग्गा उपलब्ध गराएको उनले सुनाए । सबै जातजातिको कलासंस्कृतिको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यअनुरुप जग्गादान गरेको श्रेष्ठको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
रघुगंगाको दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली
नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया