स्टेसनरी व्यवसायी महासंघकाे अध्यक्षमा शर्माको उम्मेदवारी

पोखरा ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् । मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेसनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पूर्वउपाध्यक्ष हुन् ।
यही फागुन १८ र १९ गते काठमाडौंमा आयोजना हुन लागेको महासंघको सातौं महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका शर्माले आफू निर्वाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेसनरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने, पुस्तक प्रकाशक, उत्पादक, वितरक र खुद्रा व्यवसायीका बीचमा सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्ने बताए ।
शर्मा स्थापना कालदेखि नै महासंघमा सक्रिय रहेर महासंघको विधान मस्यौदा समितिको विभिन्न पदमा बसेर सफल कार्य सम्पादन गरेका थिए । उनले पुस्तक तथा स्टेसनरी व्यवसायमा खुद्रा व्यवसाय गर्दै आएका व्यवसायीका अधिकारका लागि विशेष आवाज उठाउँदै आएका छन् ।
शर्मालाई नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशले सर्वसम्मत महासंघको केन्द्रीय अध्यक्षका रुपमा साझा उम्मेदवारका रुपमा अगाडि सारेको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया