६० प्लस तन्नेरी ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा ।
प्रथम ६० प्लस बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कुमार मोहनबहादुर शाहीले मेन एम्पायर सचिन गुरुङलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरुआत गरे ।
खेलमा २३ जनाको सहभागिता छ । प्रतियोगितमा शाहीले पनि भाग लिएका छन् । उनी ८१ वर्षका भए । उनले खेल स्वास्थ्यका लागि निकै महत्वपूर्ण भएको जनाए । शाही प्रतियोगितालाई १ लाख सहयोगसमेत गरेका छन् ।
बुढा तन्नेरी क्लबका अध्यक्ष रुद्र घलेको अध्यक्षतामा भएको कार्यक्रमाम सचिव दुर्गाबहादुर गुरुङ, प्रतियोगिता संयोजक श्यामकृष्ण श्रेष्ठले पनि बोलेका थिए ।
प्रतियोगितामा विष्णुलाल श्रेष्ठ र गोविन्द शाहीले फाइनलमा २१ः१८, १९ः२१ र २१ः५ को सेटमा आयोजक क्लबका नीलबहादुर गुरुङ र भक्तबहादुर पुनलाइ हराए । बागलुङका राजेन्द्र शाक्य, डोरनाथ सेडाइ दोस्रो र आयोजक क्लबका राम्जी बास्तोला र ओम गौचनको जोडी तेस्रो भएको छ ।
प्लेट इभेन्टतर्फ माधव पहारी र दुर्गाबहादुर गुरुङ र चिनकाजी गुरुङ र चन्द्रकाजि गुरुङ दोस्रो हुँदा अमर शाह र केशवजंग कार्की र मेजर लक्ष्मीप्रसाद गुरुङ र कृष्णबहादुर थापा तेस्रो बने । अनुसासनमा रुपन्देहीका ताराबहादुर पुनले उत्कृष्ट ठहरिए ।
तपाईको प्रतिक्रिया