सोनाम ल्होसारको शुभकामना

पोखरा ।
नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिले मञ्जुश्री संवत् २८६० औं डुक/मु पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामनाआदान प्रदान गरेको छ । सोही समारोहमा मिस तामाङ पोखरा २०२४ की विजेतालाई सम्मानसमेत गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती थिङ तामाङले कुङामा दीप प्रज्वलन गरी कार्यक्रम सुरुआत गरिन् । उनले तामाङ जाति धर्म वा राजनीतिका नाममा विखण्डित हुन नहुने बरु आफ्नो पहिचान र अस्तित्व रक्षाका निम्ति संगठित भई अगाडि बढ्नुपर्नेमा जोड दिइन् । महिला अधिकारका निम्ति वकालत गरिरहँदा महिलाले पनि आफ्नो कर्तव्य बिर्सन नहुने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका महिला उपाध्यक्ष ऋतु थोकर तामाङ, नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मीनमाया डुम्जन तामाङ, पोखरा महानगरपालिका वडा नं १३ का महिला सदस्य सुचिता स्याङ्बो तामाङ, नेवा मिस पुच कास्की अध्यक्ष संगिता बज्रचार्य, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका कोषाध्यक्ष जसपाल पाख्रीन तामाङ लगायतले बोलेका थिए ।
कार्यक्रममा मिस तामाङ पोखरा–२०२४ का विजेता रोशिला ब्लोन तामाङ, फस्ट रनर अप मोनिका पाख्रिन तामाङ, सेकेन्ड रनर अप वर्षा गोले तामाङ र भ्युअर्स च्वाइस् अर्पणा डुम्जन तामाङलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा भएको उद्घोषण कला तालिममा पत्रकार खिमा गुरुङले सहजीकरण गरेकी थिइन् । संस्थाका अध्यक्ष पवित्रा थोकर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सीता तामाङ, सचिव लक्ष्मी ब्लोन तामाङ लगायतले बोलेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया