पुन युनाइटेड क्लबले बास्केटबल प्रतियाेगिता गर्ने

समाधान संवाददाता २०८० फागुन १८ गते १३:०६

पोखरा, १७ फागुन
पुन युनाइटेड क्लब नदीपुरको आयोजनामा शिवरात्रिको अवसरमा फागुन अन्तिम साता बास्केटबल प्रतियोगिता हुने भएको छ । पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो ।

Advertisement


पुरुषतर्फ हुने बास्केटबल प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


महिलातर्फ हुने थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।

फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको र २२ गते साँझसम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदीप पुर्जाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया