लेखनाथ उद्योग वाणिज्य संघको वार्षिकोत्सव

समाधान संवाददाता
लेखनाथ उद्योग बाणिज्य संघले शुक्रवार विविध कार्यक्रमका साथ २३ औं स्थापना दिवस तथा वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रको सहभागिता विना विकास सम्भव नहुने बताइन् । उनले देशमा अब राजनीतिक लडाइ सकिएकाले आर्थिक समृद्धिका विषयमा केन्द्रत हुने समय आएको धारणा राखिन् ।
पर्यटन, कृषि र हाइड्रोबाट समृद्धि सम्भव भएको उल्लेख गर्दै अध्यक्ष राणाले सरकारले विदेशी उद्योग कलकारखानालाई नेपालमा ल्याउनुअघि देशकै उद्योग, कलकारखानालाई बलियो बनाउनुपर्ने बताइन् ।
सोही समारोहमा नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लेखनाथ उद्योग वाणिज्य संघले सम्मान गरेको थियो । घिसिङले लोडसेडिङ अन्त्यसँगै देशमा सकारात्मक सोचको अध्याय सुरु भएको बताए । विद्युत क्षेत्रमा केही मात्रमा सुधार आउँदा ९ अर्ब घाटामा रहेको संस्थालाई ९ महिनामा ३ अर्ब नाफामा पु¥याएको जनाए । अब प्रति वर्ष ५ अर्ब नाफा हुने उनले सुनाए । उनले असमान वितरण प्राणाली र चुहावटको रोकथामसहित सबैको सहयोगबाट देश लोडसेडिङ मुक्त भएको बताए ।
पूर्वमन्त्री यज्ञवहादुर थापाले उत्पादन वृद्धि नगरी गरिबी हटाउन नसकिने विचार राखे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको विकासका लागि थप १० जना कुलमान जिन्मनुपर्ने जनाए ।
कार्यक्रममा पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठले स्थापना गरेको अक्षयकोषबाट सरस्वती टीका माविमा कक्षा ८ मा अध्ययनरत जेहेन्दार तथा अपांग छात्रा विविका बोहोरालाई छात्रवृत्ति प्रदान गरियो ।
संघ अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापना कालदेखि वर्तमान अवस्थासम्मका गतिविधिबारे प्रकाश पारे ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया