वरिष्ठ मनोचिकित्सकको कृविताकृति सार्वजनिक

समाधान संवाददाता २०८० फागुन २१ गते ११:३६

पोखरा ।
वरिष्ठ मनोचिकित्सक प्राडा निर्मल लामिछानेले कविको रुपमा पृथक परिचय बनाएका छन् । उनको कविता सञ्चयन ‘फरक सन्देश’ शनिबार सार्वजनिक भएको हो ।

Advertisement


पोखरामा भएको कार्यक्रममा बुद्धिसागर स्मृति प्रतिष्ठानकी संरक्षक गंगादेवी लामिछाने, कवि मन्जु शर्मा र ज्येष्ठ नागरिक खेम्कुमारी बरालले संयुक्तरुपमा कविता संग्रह लोकार्पण गरे । प्रतिष्ठानकी संरक्षक गंगादेवी लामिछानेले फरक सन्देश’ स्वस्थ जीवन र समाजिक रपान्तरणका लागि फरक खुराक बनेको बताइन् ।


डा. अनन्त अधिकारीले फरक सन्देश कविता संग्रह आफैंमा फरक सन्देश बनेको जनाए । उनले कृतिले मान्छेलाई सकारात्मक सोचसहित हाँसेर बाँच्ने सन्देश दिएको उल्लेख गरे । कलाकार यादवचन्द्र भुर्तेलले संग्रहमा मान्छेलाई स्वस्थ र सृजनशील रहन काव्यमार्फत् सन्देश दिइएको जनाए ।


संग्रहमा ४४ कविता समावेश छन् । प्राडा लामिछानेका यसअघि केही गीतका म्युजिक भिडियो बजारमा आइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया